होमपेज > २१ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन (हेर्नुहोस् सूचना)

२१ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन (हेर्नुहोस् सूचना)

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरीका एक जना हवलदारसहित २१ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन्।

बिज्ञापन

आइतबार प्रहरी प्रधान कार्यालयले फागुन र चैतदेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ। एक जना प्रहरी हवलदार, पाँच जना सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन्। गैरहाजिर हुने हवलदारमा कर्णाली प्रदेश कार्यालय गण सुर्खेतमा दरबन्दी रहेका दाङ राजपुर गाउँपालिका-२ का अमरनाथ चौधरी छन्। उनी चैत २६ गतेदेखि गैरहाजिर छन्।

बिज्ञापन

सहायक हवलदारहरूमा राजु धिताल, खुमबहादुर खड्का, मालिकराम कान्दु र चित्रबहादुर पुन मगर छन्। उनीहरू पनि चैतको विभिन्न मितिदेखि गैरहाजिर छन्। बाँकी १५ जना जवान र एक जना कार्यालय सहयोगी छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय ९ख० १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिज्ञापन

hajir-1748135606.jpg

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते