आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई व्यवस्थित र गोप्य राख्न अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।
बिज्ञापन
बजेट तयारीका लागि सबै पक्षसँग परामर्श र सुझाव लिने कार्य सम्पन्न भइसकेको र अहिले अन्तिम तयारी चलिरहेको मन्त्रालयले जनाएको छ । बजेट निर्माणलाई योजनाबद्ध र व्यवस्थित बनाउन प्रवेशमा कडाइ गरिएको प्रशासन महाशाखा प्रमुख थानप्रसाद पङ्गेनीले बताए । गत वैशाखमा मन्त्रालयले परामर्श र सुझावका लागि सबैलाई सहज पहुँच दिएको थियो ।
बिज्ञापन
आगामी जेठ १५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्नेछन् ।








