होमपेज > हुन्डाई नेपालले भैरहवामा सार्वजनिक गर्‍यो क्रेटा ईभी, ३० भन्दाबढी बुकिङ

हुन्डाई नेपालले भैरहवामा सार्वजनिक गर्‍यो क्रेटा ईभी, ३० भन्दाबढी बुकिङ

बिज्ञापन
बिज्ञापन

नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बिज्ञापन

सिद्धि विनायक मोटोकर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि, भैरहवाको संयुक्त आयोजनामा बुद्ध भिल्ला, मध्यमराममा सम्पन्न उक्त कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ। कार्यक्रममा ३० भन्दा बढी क्रेटा EV को बुकिङ कन्फर्म भएको र १० वटा गाडीहरू सोही स्थानबाट ग्राहकलाई हस्तान्तरण गरिएको थियो।

बिज्ञापन

कम्पनीका अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी साधन (EV) बारे रहेका शंका र द्विविधा हटाउन मद्दत गर्नेछ। विशेष गरी स्पेयर पार्ट्सको उपलब्धता, सेवा सुविधा र दीर्घकालीन ब्रान्ड सपोर्टका बारेमा ग्राहकको विश्वास अझ बलियो बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

हुन्डाईको क्रेटा EV र ICE (Internal Combustion Engine) दुबै मोडल एउटै प्लेटफर्ममा आधारित रहेकाले सेवा, पार्ट्स र मर्मतका लागि कुनै अप्ठ्यारो नहुने कम्पनीको दाबी छ। साथै, लक्ष्मी हुन्डाईले EV ईकोसिस्टमलाई सुदृढ बनाउन देशभर ६६ वटा  RE-Lax DC र AC चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ। यस अन्तरक्रिया कार्यक्रममा हुन्डाईका उच्च व्यवस्थापन टोलीले प्रत्यक्ष रूपमा ग्राहकहरूसँग संवाद गर्दै गाडीको विशेषता, सेवा तथा ब्रान्ड सपोर्टबारे विस्तृत जानकारी प्रदान गरेका थिए।

बिज्ञापन

कार्यक्रममा हुन्डाईका अन्य नयाँ मोडलहरूको पनि प्रदर्शनी गरिएको थियो। कम्पनीले यस किसिमका अन्तरक्रिया कार्यक्रमहरू देशका विभिन्न शहरहरूमा निरन्तर गर्दै आएको छ र नेपालभर फैलिएको विक्रि तथा सेवा सञ्जालको माध्यमबाट ग्राहकहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रामा योगदान पुर्‍याउँदै नेपाली बजारमा वातावरणमैत्री प्रविधिलाई प्रवर्द्धन गर्दै जाने अठोट व्यक्त गरेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते