होमपेज > लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो एजीएम, यस्ता छन् एजेन्डा

लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो एजीएम, यस्ता छन् एजेन्डा

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आठौँ वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ । सभा अम्रपालि बैंक्वट भाटभटेनीमा विहान ११ बजे गर्ने जनाएको हो । कम्पनीको बैशाख ३० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

बिज्ञापन

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ । सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्नेछ ।

बिज्ञापन

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम आर्थिक वर्ष २०८१ र ८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (हालका लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुने) पारित गर्नेछ ।

सभाले संचालकहरुको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

बिज्ञापन

सभाले सातौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा प्रस्तावित बोनस शेयर वितरण पश्चात नियामक निकायले तोकेको चुक्ता पूँजी कायम हुने भएकोले उक्त निर्णय रद्द गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले कम्पनी ऐनको दफा १०५ (१) (ग) मा भएको व्यवस्था बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वर्च भएको रकम अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सािधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ १५ गते बिदा परेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुको साथै सभामा भाग लिन सक्नेछन् ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते