होमपेज > नेपाली अर्थतन्त्रले अब ओरालोको यात्रा तय नगर्ने प्रधानमन्त्री ओलीको दाबी

नेपाली अर्थतन्त्रले अब ओरालोको यात्रा तय नगर्ने प्रधानमन्त्री ओलीको दाबी

बिज्ञापन
बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली अर्थतन्त्रले अब ओरालो यात्रा तय नगर्ने दाबी गरेका छन् । चलचित्र विकास बोर्डले बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रलाई आफुले पुनः लयमा ल्याएको दाबी गरे ।

बिज्ञापन

मुलुकको आर्थिक सुधार अब रोक्न नसकिने गरी अघि बढेको भन्दै उनले विश्वास व्यक्त गरे । उनले भने, ‘त्यसबेला जति अहिले राज्यको ढुकुटीमा पैसा छैन । तैपनि थालेका काम हामी पूरा गर्छौं । यसको लागि बजेट विनियोजन हुन्छ, र सफल पनि हुन्छ । अब अर्थतन्त्र त्रिशूलीमा खस्दैन ।’

बिज्ञापन

कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुन लागेको ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियोलाई चलचित्र क्षेत्रका लागि एक प्रकारको ‘क्रान्तिकारी’ कदमको संज्ञा दिए । उनले यो स्टुडियोको माग चलचित्रकर्मीहरूले झन्डै छ दशकदेखि गर्दै आएको र अब आएर त्यो माग कार्यान्वयनमा आएको बताए ।

प्रधानमन्त्री ओलीका अनुसार उक्त स्टुडियोको निर्माणको निर्णय पहिलो पटक उनकै नेतृत्वको सरकारले गरेको भए पनि राजनीतिक अस्थिरता, सरकार परिवर्तन र जग्गा विवादका कारण काम अघि बढ्न सकेको थिएन ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते