होमपेज > प्रधानमन्त्री कप भलिवल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरमा शिवम् सिमेन्ट

प्रधानमन्त्री कप भलिवल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरमा शिवम् सिमेन्ट

बिज्ञापन
बिज्ञापन

नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको 9th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082 मा शिवम् सिमेन्ट लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य गर्ने भएको छ ।

बिज्ञापन

राष्ट्रिय खेलको प्रवद्र्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो । हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव रोशन श्रेष्ठ र शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको थियो ।

बिज्ञापन

शिवम् सिमेन्ट लिमिटेडले यसअघि भलिवल नेपालको राष्ट्रिय खेल भईसकेपछि यसको प्रबद्र्धन गर्न विभिन्न गेमहरुमा सहकार्य गर्दै आईरहेको छ । शेरबहादुर स्मृति प्रतिष्ठानद्वारा सञ्चालित महिला भलिबल कप प्रायोजन, न्यू डाइमण्ड एकेडेमीको टिम प्रायोजन, एभरेष्ट भलिवल लिग अन्र्तगत कर्णाली यशविस टिम प्रायोजन लगायतका विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका खेल कार्यक्रमहरूमा समेत प्रायोजन तथा सहकार्य गर्दै आएको थियो ।

9th PM CUP – NVA WOMEN’S/MEN’S VOLLEYBALL LEAGUE – 2082 यहि जेठ ८ गते देखि जेठ १५ गतेसम्म पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने छ, जहाँ प्रत्येक खेलमा करिब ३ हजारदेखि ४ हजारसम्म दर्शकहरु को उपस्थिति रहने नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगितामा कुल १४ टिमहरु सहभागि हुनेछन्, जसमा ६ महिला टिम र ८ पुरुष टिमबीच प्रतिस्पर्धा हुनेछ ।

बिज्ञापन

शिवम् सिमेन्टले नेपाली खेलकुदको समग्र विकासमा निरन्तर साथ दिँदै आएको छ । भलिबल, क्रिकेट, फुटबल, म्याराथनजस्ता लोकप्रिय खेलकुद कार्यक्रमहरूमा विगतका वर्षदेखि निरन्तर सहभागिता जनाउँदै आएको र शिवम् सिमेन्टले आगामी दिनहरूमा पनि यस्ता गतिविधिमा थप सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते