होमपेज > सगरमाथा संवादका लागि भारतद्धारा १५ विद्युतीय गाडी सहयोग

सगरमाथा संवादका लागि भारतद्धारा १५ विद्युतीय गाडी सहयोग

बिज्ञापन
बिज्ञापन

नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (ईभी) सहयोग स्वरूप प्रदान गरेको छ ।

बिज्ञापन

भारत सरकारले टाटा कर्भ ईभी उपलब्ध गराएको हो । नेपालमा समेत सो ईभी केही समय यता बिक्रीका लागि उपलब्ध छ । यसको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमार्फत हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरू परराष्ट्र मन्त्री डा।आरजु राणा देउवालाई हस्तान्तरण गरे ।

बिज्ञापन

समारोहमा मन्त्री डा। राणाले भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै भनिन्, “जलवायु परिवर्तन नेपालको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो । यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास अपरिहार्य छ ।” उनले सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय समस्याको उजागर गर्नुका साथै त्यसको समाधानका उपाय खोज्न सामूहिक प्रयासको मोडल तय गर्ने बताइन् । मन्त्री राणाका अनुसार, मे १६ देखि १८ सम्म चल्ने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ र नेपाल सरकार विदेशी अतिथिहरूको स्वागतका लागि तयार छ ।

सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भने “जलवायु परिवर्तनको साझा चुनौतीको सामना गर्न भारत सधैँ नेपालसँग सहकार्य गर्न तयार छ ।” सगरमाथा संवाद जलवायु परिवर्तनको असर, अनुकूलन र समाधानका विषयमा क्षेत्रीय तथा विश्वव्यापी छलफलको मञ्चको रूपमा परिचालित हुँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते