होमपेज > नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिज्ञापन
बिज्ञापन

नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनी लाभांश र साधारण सभा प्रयोजनार्थका लागि वैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

बिज्ञापन

वैशाख २९ गते सार्वजनिक बिदा भएकाले बैशाख २८ गते आइतबारसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। इन्स्योरेन्सले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारण सभा आउँदो जेठ ९ गते आयोजना गर्ने निर्णय गरेको हो।

बिज्ञापन

साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन्। साधारण सभाले प्रबन्धपत्र र निमायवलीमा संशोधन गर्ने र त्यसका लागि नियमनकारी निकायबाट प्राप्त सुझाव वा निर्देशनलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

बोनस शेयर वितरणपछि सोही बमोजिम जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने अर्को विशेषा प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणा सम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। साधारण सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते