होमपेज > बजाजको ‘व्हीलस् अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न: उत्कृष्ट तस्बिरहरू कार्निभलमा प्रदर्शन हुने

बजाजको ‘व्हीलस् अफ मेमोरी’ फोटोग्राफी प्रतियोगिता सम्पन्न: उत्कृष्ट तस्बिरहरू कार्निभलमा प्रदर्शन हुने

बिज्ञापन
बिज्ञापन

बजाज नेपालले आयोजना गरेको ‘Wheels of Memory’  फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। यो प्रतियोगिताले राइडरहरू मात्र नभई नेपालको समृद्ध सांस्कृतिक पक्षलाई पनि सम्मान गर्ने प्रयास गरेको कम्पनीले जनाएको छ।

बिज्ञापन

प्रतियोगितामा नेपालभरिका बजाज राईडरहरूलाई १२ वटा नेपाली महिना समेटिने गरी आफ्ना अनुभव र दृश्यहरू समेटिएको फोटो शेयर गर्न आमन्त्रण गरिएको थियो। यस अभियानले उल्लेख्य सहभागिता प्राप्त गर्दै बजाज र ग्राहकबीचको सम्बन्धलाई विभिन्न स्थान, समय र सन्दर्भअनुसार अझ आत्मीय रूपमा झल्काएको छ। प्रतियोगितामा ७० भन्दा बढी सहभागीहरूले सृजनात्मक, कलात्मक र भावनात्मक तस्बिरहरू पठाएका थिए। तीमध्ये बहुपक्षीय मूल्याङ्कनपछि १२ जना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

बिज्ञापन

कम्पनीका अनुसार ती १२ उत्कृष्ट तस्बिरहरू बजाजको नयाँ वर्ष २०८२ को आधिकारिक क्यालेन्डरमा प्रकाशित गरिनेछ। साथै, प्रत्येक विजेताले रु। १०,००० बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। यी तस्बिरहरू हाल भृकुटीमण्डपमा वैशाख १६ देखि २७ गतेसम्म चलिरहेको ‘बजाज ग्राण्ड कन्भेन्सन २०८२’ मा प्रदर्शनीका लागि राखिएका छन्।

आकर्षक अफरहरू कन्भेन्सनमा ग्राहकहरूका लागि विशेष अफरहरू उपलब्ध छन्। कुनै पनि बजाज बाइक न्यूनतम डाउन पेमेन्टमै तथा शून्य प्रशासकीय शुल्कमा किन्न सकिन्छ। साथै, अन–द–स्पट फाइनान्स सुविधा, निःशुल्क एसेसोरीज र २० भन्दा बढी विशेषज्ञ मूल्याङ्कनकर्ताबाट ग्यारेन्टी गरिएको उच्चतम मूल्यमा पुराना बाइक एक्सचेन्ज गर्ने सुविधा पनि छ। बाइक खरिद गर्नेहरूले ‘बजाज खुसीको मिटर’ खेल्ने अवसरसमेत पाउनेछन्, जसबाट आकर्षक पुरस्कारहरू जित्न सकिनेछ।

बिज्ञापन

हंसराज हुंलासचन्द एन्ड कम्पनीका मार्केटिङ विभाग प्रमुख अश्मिराज चालिसेले भने,  “Wheels of Memory प्रतियोगिता हाम्रो ब्रान्ड र ग्राहकबीचको आत्मीय सम्बन्ध झन मजबुत बनाउन गरिएको प्रयास हो। प्रत्येक नेपाली महिनालाई सम्मान गर्दै बाइकप्रेमीहरूको जोश, सृजनशीलता र समर्पणलाई समेट्न पाउँदा हामी निकै उत्साहित छौं।”

बजाज मोटरसाइकलहरू स्टाइल, परफर्मेन्स र बजेटका हिसाबले नेपालमा लामो समयदेखि विश्वासिलो ब्रान्डको रूपमा स्थापित रहँदै आएको छ। ‘Wheels of Memory’ जस्ता अभियानमार्फत बजाजले नेपाली बाइकिङ समुदायसँगको सम्बन्धलाई अझ सशक्त बनाउँदै गएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते