होमपेज > स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने

स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने

बिज्ञापन
बिज्ञापन

अब स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन्।

बिज्ञापन

स्वास्थ्य बीमा बोर्डले आज एक सूचना जारी गर्दै अब बीमितले स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सक्ने जानकारी गराएको हो। स्वास्थ्य बीमामा आबद्ध परिवारले खल्ती, ई–सेवा र कनेक्ट आईपीएसमार्फत घरमूलीको बीमा नम्बर राखी साथै नागरिक एपमा लिंक गरी नवीकरण गर्न सक्नेछन्।

बिज्ञापन

सम्भव भएसम्म बीमितले अनलाइनमार्फ नै स्वास्थ्य बीमा नवीकरण गर्न बोर्डले आग्रह गरेको छ। यसैगरी कुनै बीमित परिवारमा सदस्य थपघट गर्नुपरेमा अनलाइन नवीकरणअगावै आ–आफ्नो जिल्लामा रहेको स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क कार्यालयमा प्रस्ट विवरणसहित सम्पर्क गर्न आग्रह गरिएको छ। अनलाइन नवीकरणका लागि भुक्तानी गरिसकेपछि नवीकरण भएको वा नभएको रुजु गर्न एचआईबी प्रोफाइल एप प्रयोग गर्न सकिनेछ।

एक चोटी अनलाइन नवीकरणका लागि भुक्तानी गरिसकेपश्चात पुनः भुक्तानी गर्नुभन्दा अघि नवीकरण भएको वा नभएको तथा आ–आफ्नो खाताबाट रकम काटिएको वा नकाटिएको सुनिक्षित गर्न र भुक्तानीसम्बन्धी कुनै समस्या देखिएमा सम्बन्धित भुक्तानी प्रदायकसँग सम्पर्क गर्न बीमा बोर्डले आग्रह गरेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते