नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८४ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
बिज्ञापन
यता, चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार ९१० रुपैयाँमा किनबेच भइरहेको हो ।








