होमपेज > ८ प्रतिशत बढ्यो हिमालयन लाइफ इन्स्योरेन्सको नाफा

८ प्रतिशत बढ्यो हिमालयन लाइफ इन्स्योरेन्सको नाफा

बिज्ञापन
बिज्ञापन

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

बिज्ञापन

समीक्षा अवधिसम्ममा कम्पनीको शेयर पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ४७ करोड ८ लाख रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ७३ अर्ब ७७ करोड रहेको छ ।

बिज्ञापन

अघिल्लो वर्ष असार मसान्तसम्मा रटेन्ड अर्निङमा १ अर्ब ४२ करोड रुपैयाँ थियो । महाविपत्ती कोषमा ४३ करोड ४८ लाख रहेको थियो । कम्पनीले तेस्रो त्रैमाससम्ममा ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ८ दशलमव ४९ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १ दशमलव ३३ प्रतिशतले बढेको हो ।

बिज्ञापन

समीक्षा वर्षमा कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन सामान्य बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड २४ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३० करोड ८२ लाख रुपैयाँ खर्चिएको थियो । समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ९८ करोड ६४ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ९९ करोड ८१ लाख खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८९ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ०७ पैसा रहेको छ। पीई रेसियो ६१.५१ गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो ३ दशलमव ८६ रहेको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते