होमपेज > बिएमडब्लु कारको गुणस्तर नियन्त्रणमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग

बिएमडब्लु कारको गुणस्तर नियन्त्रणमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग

बिज्ञापन
बिज्ञापन

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विश्वभर चर्चा पाएको छ । डेटा विश्लेषण गर्नेदेखि यथार्थपरक तस्बिर तथा भिडियोहरू सिर्जना गर्ने र रोगहरूको निदान गर्नेसम्मका कार्यहरु एआईको प्रयोग मार्फत हुँदै आएको छ ।

बिज्ञापन

अटोमोबाइल क्षेत्रमा पनि यसको प्रयोग व्यापक बन्दै गएको छ । जर्मन कार निर्माता बिएमडब्लुले आफ्ना सवारीसाधनहरूको गुणस्तर सुधार गर्न एआई प्रयोग गरिरहेको छ । जर्मनीको रेजेन्सबर्गमा रहेको प्लान्टले ‘जेन एआईफोरक्यू’ नामक पाइलट परियोजना नै सञ्चालन गरी सवारी साधनको गुणस्तर नियन्त्रणलाई पहिलेभन्दा छिटो र भरपर्दो बनाउन थालेको हो ।

बिज्ञापन

यो नयाँ प्रविधिले प्रत्येक दिन निर्मित १ हजार ४०० हाराहारी सवारी साधनको निरीक्षण गर्दै आएको छ । प्लान्टमा हरेक ५७ सेकेन्डमा एउटा नयाँ कार एसेम्बली लाइनबाट बाहिर निस्कन्छ । हालका लागि बिएमडब्लुले सुरु गरेको यो नयाँ प्रबिधीलाई भोलिका दिनमा अन्य अटो निर्माताले समेत प्रयोगमा ल्याउने सहजै अनुमान गर्न सकिन्छ ।

यो नयाँ प्रविधि बिएमडब्लु र म्युनिखमा रहेको स्टार्टअप कम्पनी डाटागन एआईले संयुक्त रूपमा विकास गरेको हो । यो प्रविधिले सवारी साधनको मोडेल र स्थापित उपकरणदेखि सम्बन्धित उत्पादन जानकारीसम्मको ठूलो मात्रामा डेटाको विश्लेषण गर्दछ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते