होमपेज > सुन खरिदका लागि सिफारिस दिँदा शुल्क लिन नपाउने

सुन खरिदका लागि सिफारिस दिँदा शुल्क लिन नपाउने

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले सुन खरिद गर्दा सिफारिस शुल्क लिन नपाउने व्यवस्थालाई पालना गर्न संघ तथा महासंघ र व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

बिज्ञापन

सुन व्यवसायीहरूले वाणिज्य बैंकबाट सुन खरिद गर्नका लागि संघ तथा महासंघले सिफारिस शुल्क लिन नपाउने व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकका अनुसार सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ को दफा १४ मा सुन खरिदका लागि सिफारिस दिइँदा शुल्क लिन नपाउने व्यवस्था उल्लेख गरिएको छ ।

बिज्ञापन

यस्तो व्यवस्था रहेको अवस्थामा पनि संघ तथा महासंघहरूले व्यवसायीहरूबाट सिफारिस शुल्क लिइँदै आएका थिए । यसरी शुल्क लिएको गुनासो राष्ट्र बैंकमा आएपछि त्यसका व्यवस्थालाई कडाइका साथ पालना गर्न राष्ट्र बैंक लागेको हो । सोही अनुसार राष्ट्र बैंकले मंगलबार सूचना जारी गर्दै संघ तथा महासंघ र व्यवसायीलाई उक्त कार्यविधिमा भएको व्यवस्थालाई पालना गर्न भनेको हो ।

‘सुन आयात तथा बिक्री वितरण सम्बन्धमा “सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८” विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघरमहासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघरमहासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नुरगराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते