होमपेज > सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

बिज्ञापन
बिज्ञापन

जीवन बीमा क्षेत्रमा पहिलो सफल मर्जर अभ्यास गरेर उदाहरण बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ।

बिज्ञापन

१६ वर्षको यात्रा पूरा गरी १७ वर्ष लागेको कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, सञ्चालकहरू, पूर्व सञ्चालक, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, उच्च व्यवस्थापन टोली, विभागीय प्रमुखहरू र पूर्व कर्मचारीहरू उपस्थित थिए।

बिज्ञापन

कम्पनीले वार्षिकोत्सवको अवसर पारेर १५ वर्षभन्दा बढी सेवा गरेर कम्पनीलाई अघि बढाउन मद्दत गरेका २१ जना कर्मचारीहरूलाई सम्मान गरेको छ। सम्मानित हुनेमा विरेन्द्र प्रसाद चौधरी, गिता बस्नेत, सिर्जना श्रेष्ठ, शंकरलाल कर्ण कायस्त, प्रमोद प्रसाद, प्रमिला पराजुली, बिना श्रेष्ठ जोशि, अषुसेन तामाङ, विष्णु ढकाल, उद्धवप्रसाद बर्तौला, रघुनाथ भण्डारी, बिपुल थापा, कल्पना कोइराला, पून्न प्रसाद लामिछाने, मोना चित्रकार, जनार्दन पौडेल, कृष्णबहादुर बस्नेत, हरिराज पाण्डे, संजय कुमार मांझी, यज्ञ बहादुर रावत क्षेत्रि र दुर्गा खवास रहेका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको आर्थिक अवस्था, सेवा गुणस्तर र विश्वासनीयता उल्लेखनीय रुपमा उन्नति भएको जनाउँदै आधुनिक प्रविधि तथा ग्राहकमैत्री सेवाको निरन्तर प्रयोग गर्दै अझ उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता जनाए।

बिज्ञापन

उनले कर्मचारीहरूको हकहित, सीप तथा व्यक्तित्व विकास कम्पनीको प्रमुख प्राथमिकता भएको र सूर्यज्योतिमा सबैले पारिवारिक वातावरणको अनुभव पाउने बताए। कम्पनीले यो आर्थिक वर्षको अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने लक्ष्य लिएको जानकारी पनि खत्रीले दिए। त्यस अवसरमा अध्यक्ष भट्टराईले कम्पनीसँग विश्वास राख्ने ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियमनकारी निकाय र साझेदारहरूप्रति आभार व्यक्त गरे। साथै संस्थागत सुशासन, पारदर्शिता र नीतिनियमको पालना गर्दै अगाडि बढ्ने अठोट पनि व्यक्त गरे।

सूर्यज्योतिले हालसालै ‘सूर्यज्योति ई–कर्जा’ (अनलाइनमार्फत सजिलै ऋण लिन सकिने सेवा) र ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ जस्ता नयाँ सेवाहरू सञ्चालनमा ल्याएको छ। बीमा क्षेत्रमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ ९००१–२०१५ प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी ५०१ करोड रुपैयाँ, कुल लगानी ४,४०० करोड, बीमा कोष ३,९४० करोड, नेटवर्थ ६३० करोड रुपैयाँ रहेको छ। कम्पनीसँग ३२ लाख ७५ हजार ४७९ बीमालेख, १ लाख २ हजार २४० प्रशिक्षित अभिकर्ता र १७४ शाखाहरू छन्।

साथै ३५ वटा घातक रोगहरूमा ५० लाख रुपैयाँसम्मको उपचार खर्च सुविधा दिने जीवन बीमा कम्पनीका रूपमा सूर्यज्योति पहिलो बनेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते