चर्चित कलाकार सागर लम्साल ‘बले’ लाई पुत्रलाभ भएको छ । गत बिहीबार लम्सालकी पत्नी स्नेहा दंगालले छोरालाई जन्म दिएकी हुन् ।
बिज्ञापन
शनिबार स्नेहा र छोरालाई ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ । लम्सालले आमा र छोरा दुवैको अवस्था अहिले सामान्य रहेको बताएका छन् । लम्सालले गत असार ३० गते झापाकी स्नेहासँग विवाह गरेका थिए ।
बिज्ञापन








