काठमाडौंको बिजुलीबजारमा जारी शिक्षक आन्दोलनमा एक जना शिक्षक कुटिएका छन्।
बिज्ञापन
शनिबार दिउँसो १ बजेतिर काठमाडौं महानगरपालिका-१० बिजुलीबजारस्थित नेपाल शिक्षक महासंघ राष्ट्रिय आन्दोलनमा सहभागी एक शिक्षकमाथ कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
बिज्ञापन
कैलाली धनगढी उपमहानगरपालिका-१ घर भई काठमाडौं-३१ आलोकनगर बस्दै आएका ५४ वर्षीय केशव राज जोशीमाथि कुटपिट भएको हो। उनी श्री दुर्गा आधारभुत माध्यामिक विद्यालय धनगढीमा पढाउने शिक्षक हुन्।
अन्दाजी १५/२० जना शिक्षकको समूहसँग मतभेद हुँदा कुटपिट भएको एसपी बोहराले बताए। उनलाई प्रहरीले उद्धार गरी सिभिल अस्पतालमा पुर्याएको छ। उनको उपचार भइरहेको एसपी बोहराले बताए। उनको टाउकोमा टुटुलको उठेको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनको उपचारमा उनका भतिज संलग्न छन्।








