होमपेज > औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्न राज्यको भूमिका बढाउनु पर्छ: अध्यक्ष ढकाल

औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्न राज्यको भूमिका बढाउनु पर्छ: अध्यक्ष ढकाल

बिज्ञापन
बिज्ञापन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तीको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु हुनु पर्ने बताउनु भएको छ ।

बिज्ञापन

विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रतिलिपी अधिकार राजिष्टारको कार्यालयले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नु भएको हो ।

बिज्ञापन

बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले पनि यसको संरक्षणमा चुनौती थपिने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले कतिपय ट्रेडमार्ककका विषयमा विवादहरु आउने गरेकोले यसको समाधानमा जोड दिनु पर्ने बताउनु भयो । यस्तै उहाँले ट्रेर्डमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाईको प्रक्रियालाई सरल रहज र छिटो गर्नु पर्ने बताउनु भयो ।

“नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई कानुनमा सुरक्षित गरिएको छ । जसले पेटेन्ट, प्रतिलिपि अधिकार र ट्रेडमार्कहरूलाई सुरक्षित राख्न सहयोग गरेको छ । यस्ता कार्यक्रमले बौद्धिक सम्पत्तिका विषयमा जनचेतना अभिबृद्धिमा ठूलो सहयोग पुग्ने छ । ”उहाँले भन्नुभयो ।

बिज्ञापन

उहाँले गीत संगीत क्षेत्र मनोरञ्जन उद्योगका रुपमा विकास हुँदै आएको अवस्थामा सर्जकहरुले सिर्जनाको संरक्षण आवश्यक रहेको बताउनु भयो । विश्व बौद्धिक सम्पदा संगठन (वाइपो) ले पहिलो विश्व आईपी दिवस २००१ मा मनाउन थालिएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते