काठमाडौँ महानगरपालिकामा आइतबार शोकबिदा दिइने भएको छ।
बिज्ञापन
पूर्वउपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोकबिदा रहने महानगरपालिकाका प्रशासन प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन्।
बिज्ञापन
कांग्रेस नेतासमेत रहेका डंगोलको शुक्रबार निधन भएको थियो। उनी २०४३ सालमा काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च थिए।








