होमपेज > हिमालयन रिइन्स्योरेन्सले पायो वैदेशिक रोजगार बीमा कोष सञ्चालनको अनुमति

हिमालयन रिइन्स्योरेन्सले पायो वैदेशिक रोजगार बीमा कोष सञ्चालनको अनुमति

बिज्ञापन
बिज्ञापन

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगारी म्यादी जीवन बीमासँग सम्बन्धित सामूहिक बीमा कोष सञ्चालनको जिम्मा निजी क्षेत्रको पुनर्बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्सलाई दिएको छ।

बिज्ञापन

यो निर्णय अनुसार वैदेशिक रोजगार बीमालेखबाट संकलित रकम व्यवस्थापन गर्ने कार्य आगामी चार वर्षसम्म उक्त कम्पनीले एकल रूपमा सञ्चालन गर्नेछ। प्राधिकरणले २०८१ मा तयार पारेको निर्देशनको पाँचौं दफामा व्यवस्था भएअनुसार स्वीकृत पुनर्बीमा कम्पनीले पालैपालो चार–चार वर्षका लागि कोष प्रबन्धकको भूमिका निर्वाह गर्न सक्ने प्रावधान रहेको छ।

बिज्ञापन

सोही प्रावधानलाई आधार मानी हाल सञ्चालन जिम्मा हिमालयन रि इन्स्योरेन्सले पाएको हो। यसअघि भने दुई पुनर्बीमा कम्पनीहरू संयुक्त रूपमा कोष प्रबन्धनमा संलग्न हुने व्यवस्था थियो। हाल नेपालमा दुई पुनर्बीमा कम्पनी मात्रै सञ्चालनमा छन्ने नेपाल पुनर्बीमा कम्पनी र निजी क्षेत्रको हिमालयन रिइन्स्योरेन्स। दुबै कम्पनीलाई छलफलका लागि प्राधिकरणले फागुन ४ गते आमन्त्रण गरेको थियो। छलफलपश्चात आपसी सहमतिमा हिमालयनले कोषको जिम्मेवारी पाउने गरी निर्णय लिइएको हो।

प्राधिकरणले वैदेशिक रोजगार बीमालेख सम्बन्धी निर्देशन दोस्रोपटक संशोधन गर्दै संयुक्त व्यवस्थापनको व्यवस्था हटाएको छ। अब एक पटकमा एक कम्पनीले मात्रै चार वर्षका लागि बीमा कोषको प्रबन्ध गर्नेछ। यसले व्यवस्थापनलाई थप स्पष्ट र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ। नयाँ संशोधित निर्देशिकामा बीमाशुल्कको रकम तत्काल खातामा जम्मा गर्नुपर्ने प्रावधान पनि हटाइएको छ।

बिज्ञापन

अब प्रत्येक महिनाको पहिलो १५ दिनको विवरण १६ गतेभित्र र बाँकी महिना मसान्तसम्मको विवरण अर्को महिनाको पहिलो दिन बुझाउने व्यवस्था गरिएको छ। बीमाशुल्क प्राप्तिको दैनिक पुष्टि गर्ने व्यवस्था पनि खुकुलो बनाइएर अब केवल नियमित रूपमा एकीन गर्नुपर्नेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते