होमपेज > सिटिजन लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई प्रशिक्षण तथा उत्प्रेरणा तालीम प्रदान

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा अभिकर्तालाई प्रशिक्षण तथा उत्प्रेरणा तालीम प्रदान

बिज्ञापन
बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको अन्त्यसम्म क्लब लक्ष्य प्राप्त गर्न आफ्ना अभिकर्ताहरूलाई आज थापाथलीस्थित मुख्य कार्यालयमा विशेष प्रशिक्षण तथा उत्प्रेरणा तालीम दिएको छ।

बिज्ञापन

तालीममा कम्पनीका चिफ मार्केटिङ अफिसर सुनिल पोखरेल र चिफ बिजनेश अफिसर भुषण रिमालले आफ्नो अनुभवद्वारा क्लब लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति, बीमा बजारको वर्तमान अवस्था, पोलिसी बिक्री कौशल अभिवृद्धि र प्रभावकारी सेवाका उपायहरूबारे तालीम दिएका छन्।

बिज्ञापन

कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई नेतृत्व क्षमता विकास, समय व्यवस्थापन, लक्ष्य निर्धारण तथा आत्मविश्वास अभिवृद्धिका विषयमा व्यावहारिक तालीम तथा उत्प्रेरणा समेत दिइएको कम्पनीले जनाएको छ।

यस प्रकारको कार्यक्रमले अभिकर्ताहरूलाई थप प्रेरित, जिम्मेवार र परिणाममुखी बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। उक्त तालिममा सहभागी अभिकर्ताहरूले प्राप्त ज्ञान र सीपलाई प्रयोगमा ल्याई लक्ष्य पूरा गर्ने प्रतिवद्धता जनाएका छन्।

बिज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनहरूमा पनि यस्ता प्रशिक्षण तथा उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते