होमपेज > गर्मी मौसममा कुन खानेकुरा खाँदा के हुन्छ फाईदा? जान्नुहोस् !

गर्मी मौसममा कुन खानेकुरा खाँदा के हुन्छ फाईदा? जान्नुहोस् !

बिज्ञापन
बिज्ञापन

नेपालमा यति बेला गर्मीको स्तर दिनहुँ बढेको बढ्यै छ । गर्मीयाम अर्थात बिरामी बढाउने माैसम ।

बिज्ञापन

बिज्ञापन

गर्मीमा खानपानमा विशेष ध्यान नदिएकै कारण विभिन्न विरामी निम्त्याउन सक्छ।  गर्मीयाममा खानेकुरामा निकै सचेत हुनुपर्छ । विशेषगरी राति खाने खानामा बढी ध्यान दिनुपर्छ, ता कि निद्रा तथा पेटसम्बन्धी कुनै प्रकारको समस्या नआओस् ।

बिज्ञापन

यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सघाउ पुग्छ । गर्मीमा के–के खाँदा स्वास्थ्य लाई फाईदा हुन्छ ?आउनुहोस् जानौँ ।

१-काँक्रो

काँक्रोमा पानीको मात्रा धेरै हुन्छ । यसलाई बेलुकाको खानासँग सेवन गर्नु राम्रो हुन्छ । काँक्रोमा ९६ प्रतिशत पानी तथा ४ प्रतिशत फाइबरको मात्रा हुन्छ । यसले पाचन प्रक्रिया सन्तुलित राख्नुका साथै शरीरलाई डिहाइड्रेट हुन दिँदैन ।

२-लौका

लौकामा हाम्रो शरीरलाई फाइदा पुर्‍याउने थुप्रै गुण हुन्छन् । यसमा पानीको मात्रा धेरै हुने भएकाले गर्मीमा यसले शरीरलाई हाइड्रेट बनाइराख्छ । रातिको खानामा लौका खाएपछि पानी कम खादा पनि डिहाइड्रेशन हुन पाउँदैन । यदि तपाईंलाई गर्मीमा कुनै पनि खाना राम्रोसँग पच्दैन भने लौकाको सेवन गर्नु वेश हुन्छ । लौकालाई तरकारी, अचार तथा खीर बनाएर पनि खान सकिन्छ ।

के तपाईंलाई रायोको साग मन पर्छ? यस्ता छन् रायो खानुका फाइदाहरु

३-फर्सी

फर्सीमा पोटासियम तथा फाइबर प्रशस्त मात्रामा हुन्छ । यसमा यस्ता गुण हुन्छन्, जसले शरीरलाई चिसो बनाइराख्न मद्दत गर्छन् । गर्मीको समयमा रातिको खानामा यसलाई अवश्य समावेश गर्नुहोस् । फर्सीको सेवनले शरीरमा ब्लड सुगर पनि नियन्त्रण हुन्छ ।

४-घिरौंला

घिरौंला गर्मी महीनाका लागि एकदमै उपयोगी हुन्छ । यसलाई तरकारीको रूपमा खानाले पाचनक्रिया राम्रो हुनुका साथै पेटसम्बन्धी समस्यामा सुधार ल्याउँछ ।

५-दही

दहीमा प्रशस्त मात्रामा पोषक तत्त्वका साथै क्याल्सियम हुन्छ । रातिमा दही खानाले पेटसम्बन्धी समस्या हुँदैन । दहीको सेवनले शरीर शीतल बन्छ ।

६-उसिनेको आलु

गर्मीको समयमा उसिनेको वा फ्राई गरेको आलु खानाले राम्रो गर्छ । आलुमा कार्बोहाइड्रेट हुन्छ, जसलाई पचाउन सजिलो हुनुका साथै गर्मीसँग लड्न पनि सहयोग पुर्‍याउँछ । यसको सेवनले निद्रा पनि राम्रोसँग लाग्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छौ:

-गर्मीमा शितलता प्रदान गर्ने लस्सी पिउँदा हुन्छन् यस्ता फाइदा:

गर्मी मौसममा मानब शरीरलाई अत्यधिक मात्रामा पानी चाहिने हुन्छ । धेरै जसो मान्छेले पानीलाई साधा पिउन रुचाउँछन् । तर, कोही कोहीले साधा पानीभन्दा यसमा विभिन्न सामग्री मिसाएर पिउने गर्छन् ।

गर्मीमा शरीरलाई चिसो प्रदान गर्ने खाद्यपदार्थ सेवन गर्न मानिसहरु अनेक उपाय अपनाउँछन् । बजारमा पाइने विभिन्न जुस, गुलकोज वा अन्य घरेलु उपायले पेय पदार्थ बनाउन सकिन्छ ।

बजारमा पाइने विभिन्न कोल्ड ड्रिंक्सले हाम्रो शरीरमा निक्कै नै हानी पुर्याउने गर्छ, त्यसैले हामीले यस्तो पेय पदार्थको सेवन गर्नु हुँदैन । घरमा पाइने र छिट्टै बनाउन सक्ने पेय पदार्थ मध्ये दहीको लस्सी एक हो ।

दही सेवनले शरीरलाई शितलता प्रदान गर्नु का साथै यसमा विभिन्न औषधीय गुणहरु हुने गर्छ । नियमित दहीको लस्सीको प्रयोगले शरीरलाई गर्मीबाट बचाउन सकिन्छ । चिनीबिनाको लस्सी पिउनुलाई हामीलाई धेरैनै फाइदाजनक हुन्छ ।

लस्सी खानाले पाचन प्रक्रियामा मद्दत पुर्याएर आन्द्रा र पेटसम्बन्धी रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ । प्रशस्त मात्रामा क्याल्सियम पाइने हुनाले हाम्रो हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, तथा नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ ।

यसले शरीरमा फोस्फोरस र भिटामिन डीको मात्रालाई नियन्त्रण गरेर ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकारविरुद्ध लड्न मद्दत गर्छ । हाम्रो शरीरमा भएको खराब कोलेस्टेरोलरको मात्रा घटाएर उच्चरक्तचाप तथा मुटुसम्बन्धी रोगलाई हटाउन मद्दत गर्छ ।

यसले हामीलाई तनाबमुक्त परेर हाम्रो निद्रा नलाग्ने समस्यामा केही हदसम्म सहयोग र्पुयाउने गर्छ । लस्सीले ब्लड सुगरलाई सन्तुलन राख्न सहयोग पुर्याउँछ । गर्मीको मौसममा शरीरको तापक्रम कम गर्न लस्सीभन्दा राम्रो अर्को विकल्प अरु देखिँदैन ।

तर, धेरै लस्सी पिएमा ग्यास्ट्रिकको समस्या देखा पर्न सक्ने हुनेले रातिको समयमा लस्सी पिउनु उचित हुँदैन । त्यति मात्र नभएर मधुमेह रोगीहरुले पनि लस्सीको सेवन गर्नु हुँदैन ।

-गर्मीमा शितलता प्रदान गर्ने दहीको के-के छ फाइदा? हेर्नुहोस्:

गर्मीको मौसम सुरु भइसकेको छ। गर्मी सुरु भएसँग शरीरमा अत्याधिक पसिना आउने भएकोले शरिरमा पानीको मात्र पनि कम हुने गर्दछ। जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ ।

मानिसहरु गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदान गर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन् । यस्तो अवस्थामा दही खान कसलाई पो मन नलाग्ला र रु गर्मीमा चिसो दही खाँदै शितलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ ।

दही धेरैको भान्सामा पाइने खाने कुरा मध्ये एक हो। दहीले खानेकुरालाई पनि पचाउन मद्दत गर्ने गर्दछ। यति मात्र नभएर दही सेवन गर्दा स्वास्थ्यमा समेत धेरै फाईदा पुर्‍याइरहेको हुन्छ।

-दहीका फाइदाहरु यसप्रकार छन्:

दही पेटसम्बन्धी समस्या भएकाका लागि अत्यन्त उपयोगी मानिन्छ। भोक कम लाग्ने समस्या भएका व्यक्तिहरुले नियमित दही खाने गरेमा उक्त समस्या कम हुने गर्दछ।

दहीको नियमित सेवन गर्दा आन्द्राको रोग तथा पेट सम्बन्धि रोगहरुबाट छुट्कारा मिल्ने गर्दछ। दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत गर्दछ। दहीले कोलस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठीक राख्न मद्दत गर्ने गर्दछ।

दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीहरुको विकासमा धेरै सहयोग पुर्याउनुका साथै, दाँत, ता नङलाई पनि बलियो बनाउन मद्दत गर्दछ। निद्रा नलाग्ने समस्या भएकाहरुले खानाका साथ दैनिक एक कचौरा दही खानाले राम्रो निन्द्रा लाग्नमा केहीहदसम्म सहयोग पुर्‍याउने गर्दछ। दैनिक दही खानाले पाचन प्रक्रियामा समेत मद्दत पुर्याउने गर्दछ।

तर खाली पेटमा दही बिर्सेर पनि खानु हुदैन यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ। जसका कारण खाली पेटमा दहीको सेवन गर्दा पेट पोल्ने समस्या उत्पन्न हुने गर्दछ ।

-राती दही खानु हुदैन, किन ?

रातमा तापक्रम चिसो हुदै जाने र यो आफैमा चिसो खाद्यपदार्थ भएकोले राती दही खाएर सुत्दा यसले खकारको मात्रा बढाउछ । बढेको खकारको पहिलो प्रभाव छातीमा पर्छ । छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास र मानसिक अस्थिरताले पूर्ण रुपमा अस्वस्थ्य भइन्छ ।

बिहान अथवा दिउसो मात्र दही खानु राम्रो, किनपनी भनिएको हो भने हामीले खाएको दहीलाई सुर्यको तापमानले सन्तुलित बनाउने काम गरिरहेको हुन्छ र बिहान दिउँसो हाम्रो शरीर बढी नै सक्रिय हुनेहुदाँ पनि यसले शरीरको चिसोपनालाई नियन्त्रण गर्छ ।

-यसरी दही खानुहोस् पेटको समस्या भगाउनुहोस्:

दहि स्वास्थ्यका लागि निकै उपयोगी कुरा हो । दुधलाई मानिसको स्वास्थ्यमा फाइदा पुर्याउँने किसिमका ब्याक्टेरियाहरुले दहिमा परिवर्तन गर्ने गर्दछन् । दहि स्वादका लागि मात्रै नभए स्वास्थ्यका लागि पनि उत्तम हुन्छ । खास गरि पेटको समस्याका लागि दहि सेवन गर्नु एकदमै फाइदाकारी हुन्छ । अपच तथा अन्य पेट सम्बन्धी रोगहरु दहिका कारणले ठिक हुने गर्छन् ।

यस्तो उपयोगी दहिका बारेमा तपाईलाई के कुराहरु थाहा छ रु यदि थाहा छैन भने पनि यो लेखमा हामी छोटकरीमा यसका फाइदाका बारेमा लेखेका छौँ ।

१- दही आफैँ सजिलै त पच्छ नै साथै अन्य खानेकुरालाई पनि दहीले सजिलै पचाउन मद्दत गर्छ ।

२- पेटसम्बन्धी समस्या भएकाहरूका लागि दही अत्यन्त उपयोगी मानिन्छ । दही खाँदा पेटको समस्या कम त हुन्छ नै साथै शरीरलाई बल पनि प्राप्त हुन्छ ।

३- दूधबाट दही बनेपछि दूधमा रहेको सुगरको स्वरूप बदलिन्छ । जसले दहीलाई सुपाच्य बनाउँछ । त्यही भएर दूध खाँदा नपच्नेहरूले पनि दही खान सक्छन् ।

४- भोक कम लाग्ने समस्या भएकाहरूले पनि नियमित दही खाने गरेमा समस्या कम हुँदै जान्छ ।

अंगुर : पौष्टिक तत्वले भरपुर

यसमा पोटासियम, कार्बोहाइड्रेट,प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

तपाईंको मुटु स्वस्थ हुन्छ

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल ९ब्याड कोलेस्ट्रोल० घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

तपाईंको पाचनक्रिया बलियो हुन्छ:

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ९ अघुलनशील० फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

तपाईंलाई उर्जावान् राख्छ

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

तपाईंको मृगौला स्वस्थ रहन्छ

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ ।

विभिन्न क्यान्सरबाट जोगाउँछ

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

सास फेर्न सहज बनाउँछ

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

-थप पढ्नुहोस्:

के तपाईं दैनिक लिपस्टिकको प्रयोग गर्नुहुन्छ? जान्नुहोस् यसबाट हुने नोक्सानी!

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते