होमपेज > शिक्षकका समस्या माओवादी वा कुनै पार्टी विशेषका समस्या होइन: प्रचण्ड

शिक्षकका समस्या माओवादी वा कुनै पार्टी विशेषका समस्या होइन: प्रचण्ड

बिज्ञापन
बिज्ञापन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक-पटक धोका भएको भन्दै शिक्षकहरूलाई निरन्तर आन्दोलन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूका मागबारे गम्भीर रूपमा वार्ता नगरेको पनि उनको आरोप छ।

बिज्ञापन

‘म शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्छु,’ नेपाल कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा प्रचण्डले भने, ‘तपाईंहरू पटक पटक आन्दोलन गर्नुभएको छ, पटक पटक सम्झौता भएको छ र पटक पटक धोका भएको छ। यो पटक त्यो स्थिति हुन नदिने जिम्मेवारी हामी सबैको छ।’

बिज्ञापन

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री नकारात्मक भइदिएपछि शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिनुपरेको पनि बताए। ‘शिक्षकका समस्या माओवादी वा कुनै पार्टी विशेषका समस्या त होइन। यो त राष्ट्रकै समस्या हो। शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा पनि होइन, हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको हो। सम्झौताअनुसारको ऐन बनाइदेऊ भनेको हो,’ उनले भने, ‘तर त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि एमालेकै शिक्षा मन्त्रीले राजीनामा दिनुभयो, यसबाट पनि सरकार कति गैरजिम्मेवार छ भन्ने नयाँ प्रमाण प्रस्तुत भएको छ। यो सरकार आफ्नै बोझमा दबिएर सिध्धिन्छ। सरकारले बुद्धि पुर्‍यायोस्।’

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते