होमपेज > काठमाडौं आइपुगे भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर

काठमाडौं आइपुगे भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर

बिज्ञापन
बिज्ञापन

भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुईदिने भ्रमणका लागि मंगलबार बिहान काठमाडौं आइपुगेका छन्।

बिज्ञापन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खट्टरलाई उर्जा सचिव सुरेश आचार्य, सहसचिव सन्दीपकुमार देव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतले स्वागत गरेका थिए। भ्रमणका क्रममा मन्त्री खट्टरले भारतद्वारा संखुवासभामा निर्माण गरिएको अरुण तेस्रो जलविद्युत आयोजना अन्तर्गतको पावर हाउस तथा बाँध क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ।

बिज्ञापन

आज साँझ काठमाडौंमा आयोजना हुने लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसम्बन्धी सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा पनि खट्टरको उपस्थिति रहनेछ। भोलि विहान मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको भ्रमण गर्ने र त्यहाँबाट फर्केपछि पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम समेत रहेको छ।

त्यसपश्चात प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने तय गरिएको छ। भ्रमण सम्पन्न गरी मन्त्री खट्टर भोलि साँझ नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते