होमपेज > तीनकुनेमा भएको प्रदर्शनमा करिब ४७ करोडको क्षति भएको मूल्याङ्कन

तीनकुनेमा भएको प्रदर्शनमा करिब ४७ करोडको क्षति भएको मूल्याङ्कन

बिज्ञापन
बिज्ञापन

दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शनमा करिब ४७ करोड क्षति भएको मूल्याङ्कन गरिएको छ ।

बिज्ञापन

चैत १५ मा पुर्वराजाको समर्थनमा भएको प्रदर्शनमा सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाए । प्रदर्शनकारीहरूले सञ्चार संस्था, भाटभटेनी सुपरस्टोर र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय सहित २२ वटा घर तथा कार्यालयमा तोडफोड भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ३९ वटा सवारीसाधन प्रदर्शनकारीले तोडफोड गरेका थिए ।

बिज्ञापन

प्रारम्भिक मूल्याङ्कनबाट निजी र सार्वजनिक सम्पत्ति समेत गरेर ४६ करोड ९५ लाख क्षति भएको देखिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने, ‘करिब ४७ करोड क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।’ उच्छृङ्खल गतिविधि गरेको आरोपमा अहिले ७३ जना थुनामा छन् । उनीहरू विरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर र आपराधिक उपद्रव विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । क्षति भएको रकम बराबरको बिगो आरोपीहरूसँग मागदावी गर्ने प्रहरीको तयारी छ ।

अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने,‘क्षति भएको रकम बराबरको बिगो मुद्दा दायर गर्दा प्रतिवादीहरूबाट भराउन मागदावी लिन्छौँ ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते