होमपेज > मुक्तिनाथ फुड बैंक शेयर निष्काशन प्रक्रियाको तयारीमा, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल

मुक्तिनाथ फुड बैंक शेयर निष्काशन प्रक्रियाको तयारीमा, परामर्शकर्तामा मुक्तिनाथ क्यापिटल

बिज्ञापन
बिज्ञापन

मुक्तिनाथ फुड बैंकले शेयर निष्काशनको तयारी थालेको छ। कम्पनीले संस्थागत परामर्श सेवाका लागि मुक्तिनाथ क्यापिटललाई परामर्शकर्ता नियुक्त गर्दै औपचारिक सम्झौता सम्पन्न गरेको हो।

बिज्ञापन

संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता मुक्तिनाथ फुड बैंकका सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरी टुंगो लगाएका हुन्। मुक्तिनाथ क्यापिटलले कम्पनीको स्थापना कालदेखि लिएर प्राथमिक शेयर निष्काशन (IPO) सम्मको सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आएको छ।

बिज्ञापन

यस सम्झौताले पूँजी संरचना पुनःसंरचना, हकप्रद शेयर निष्काशन, पूँजी संकलन तथा अन्य कानुनी र प्राविधिक प्रक्रियाहरूमा आवश्यक सहजीकरण गर्नेछ। कम्पनीले यही वैशाख १७ गते विशेष साधारण सभा आह्वान गरेको छ, जसबाट हकप्रद शेयर निष्काशन प्रस्ताव पारित गरी चालु आर्थिक वर्ष २०८१/८२ भित्रमा ४० करोड रुपैयाँ बराबरको चुक्ता पूँजी पुर्‍याउने लक्ष्य लिएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ भित्रमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ। मुक्तिनाथ फुड बैंक लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सहायक कम्पनीको रूपमा २०७९ सालमा स्थापना भएको हो।

बिज्ञापन

कम्पनीले खाद्यान्न लगायत उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रका वस्तुहरू उत्पादन, संकलन, प्रशोधन र बजारीकरणमार्फत कृषकलाई बजार सुनिश्चितता र उपभोक्तालाई गुणस्तरीय, नेपालमै उत्पादित खाद्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्य लिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते