हिमालयन बैंकका संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ लाख ३ हजार ७८२ कित्ता शेयर बिक्री गर्ने भएका छन् ।
बिज्ञापन
बैंकका ११ जना संस्थापकले शेयर बिक्री गर्न लागेका हुन् । यसमा हिमालयन बैंककै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा शेयर खरिद गर्न इच्छुक संस्थापकले आज (वैशाख ७ गते) देखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
बिज्ञापन
संस्थापक शेयरहरुको बिक्री मूल्य बिक्रेताअनुसार फरकफरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।








