होमपेज > तीन विषयमा छलफल गर्न रास्वपाद्धारा केन्द्रीय समिति बैठक आह्वान

तीन विषयमा छलफल गर्न रास्वपाद्धारा केन्द्रीय समिति बैठक आह्वान

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

बिज्ञापन

बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने बैठकमा तीनवटा विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। बिहीबार दिउँसो बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए।

बिज्ञापन

रास्वपाले वैशाख २५, २६, २७ गते महाधिवेशन गर्ने निर्णय गरेको छ। तर अहिलेसम्म १० पालिका तहको कमिटीको पनि अधिवेशन नभएकाले महाधिवेशन अनिश्चित छ। पार्टीका सभापति रवि लामिछाने पुनः थुनामा पठाइएकाले पनि महाधिवेशन तोकिएकै मितिमा गर्न असम्भव हुने देखिएका बेला केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्य विवरणबारे छलफल हुने रास्वपाले बताएको छ।

यस्तै जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणबारे सदस्यहरूले विशेष रिपोर्टिङ गर्ने कार्यसूची रहेको रास्वपाले बताएको छ। अघिल्लो केन्द्रीय समिति बैठकले पार्टीको तर्फबाट राष्ट्रनिर्माण सम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको संयोजकत्वमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सम्मिलित मिसन ब्लुप्रिन्ट कार्यदल गठन गरेको थियो। त्यस्तै लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको थियो।

बिज्ञापन

पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजनको जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई दिइएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते