बजारमा अंगुरको भाउ बढेको छ । डेढ महिना अवधिमा अंगुरको भाउ किलोमा ३० देखि ४० रुपैयाँ बढेको छ । बजारमा हरियो र कालो गरी दुई प्रकारका अंगुर पाइन्छन् ।
बिज्ञापन

बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितको तथ्यांक हेर्दा आज मंगलबार हरियो अंगुरको भाउ थोकमा प्रतिकिलो अधिकतम २ सय रुपैयाँ र औसत मूल्य १ सय ९० रुपैयाँ कायम छ । यस्तै कालो अंगुरको थोक मूल्य प्रतिकिलो अधिकतम २ सय ५० र औसत २ सय ४० रुपैयाँ छ ।

बिज्ञापन
कालीमाटी बजारमा १७ फागुनमा हरियो अंगुर किलोको १ सय ५३ देखि १ सय ८० रुपैयाँसम्म किनबेच भएको थियो । यस्तै कालो अंगुर २ सय ५३ रुपैयाँदेखि २ सय ८० रुपैयाँसम्ममा किनबेच भएको थियो । पुसदेखि बजारमा अंगुर आउन थालेको थियो । त्यो बेला होलसेलमा अंगुर किलोको २ सय ५० देखि ३ सय ५० रुपैयाँसम्म थियो ।

यस्तै माघमा हरियो अंगुरको थोक मूल्य १ सय ९० देखि २ सय रुपैयाँ र कालो अंगुर २ सय ८० रुपैयाँमा कारोबार भएको थियो । उपभोक्ताले भने हरियो अंगुर प्रतिकिलो २ सय ५० देखि ३ सय र कालो अंगुर ३ सय ५० देखि ४ सय रुपैयाँसम्म तिरिरहेका छन् ।









