होमपेज > कांग्रेसको अर्थनीति सबैले अंगालिरहेका छन्: स्वास्थ्यमन्त्री पौडेल

कांग्रेसको अर्थनीति सबैले अंगालिरहेका छन्: स्वास्थ्यमन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस बाहेक अन्य राजनीतिक दलहरूको अर्थनीति नरहेको दाबी गरेका छन् ।

बिज्ञापन

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान नेपालको अर्थतन्त्रको उदारीकरण कांग्रेसले नै गरिरहेको जिकिर गरे । ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसले गरेको हो । आज कांग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन,’ मन्त्री पौडेलले भने, ‘कांग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालिरहेका छन् ।’

बिज्ञापन

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको उल्लेख गर्दै मन्त्री पौडेलले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरू पनि नेपालले गरेको जिकिर गरे । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरू भएको छ । समावेशिताको सन्दर्भमा अमेरिकाको संसद् नेपालको जस्तो छ रु भारतको संसद नेपालको जस्तो छ रु,’ मन्त्री पौडेलले थप प्रश्न गरे, ‘आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो रु अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’

फरक प्रसंगमा उनले सांसदको संख्या २ सय ७५ बाट घटनाएर २ सय १ बजाउनुपर्ने आवश्यकता रहेको बताए । प्रदेश सभाको सांसद संख्या पनि आधा घटाउनुपर्ने उनको प्रस्ताव थियो । पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने र संघीय मन्त्रिपरिषद्को संख्या घटनाएर १५ मा झाुनपर्ने भनाइ राखे । राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने उनको भनाइ थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते