होमपेज > नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान, ८ पासले पनि आवेदन दिन सक्ने (सूचनासहित)

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान, ८ पासले पनि आवेदन दिन सक्ने (सूचनासहित)

बिज्ञापन
बिज्ञापन

नेपाली सेनाले रिक्त रहेका प्राविधिक/हवाई /विविध तर्फका पदिक तथा बिल्लादार पद र सैन्य पदमा दरखास्त आह्वान गरेको छ ।
सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सेनाले शुक्रबार एक सूचनामार्फत प्राविधिकरहवाईरविविधतर्फ कुल ४०१ र सैन्य पदमा २६०० भन्दा बढी जनशक्ति माग गरेको हो।

बिज्ञापन

स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ । इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् ।

बिज्ञापन

सैन्य पदको योग्यताका हकमा कक्षा ८ पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । यस्तै उचाइ न्यूनतम ५ फिट ३ इन्च पुरुषको हकमा हुनुपर्नेछ भने महिलाको हकमा ५ फिट हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले तोकिएको भर्ना केन्द्रमा रिटपूर्वक आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन २०८२ वैशाख २७ गतेभित्र दिनुपर्ने र थप दस्तुर तिरेमा अर्को साता समय दिइने सूचनामा उल्लेख छ।

बिज्ञापन

0_AJfvi8LKfa

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते