होमपेज > भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’को भव्य उद्घाटन

भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’को भव्य उद्घाटन

बिज्ञापन
बिज्ञापन

नेपालको सबैभन्दा ठुलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको छ ।

बिज्ञापन

सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरेका हुन् । चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर कम्पनीले प्रदान गरेको छ ।

बिज्ञापन

मेलामा कुनै पनि ब्रान्डको मोटरसाइकल साटफेर गर्न पाइनेछ । कम्पनीका अनुसार कुनैपनि यामाहाको मोटरसाइकलमा न्युनतम भ्यालुएसन ५० हजार हुनेछ भने अन्य कम्पनीको मोटरसाइकलको हकमा २५ हजार भ्यालुएसन हुनेछ । तर यस्ता मोटरसाइकलको कर चुक्ता भने अनिवार्य रुपमा भएको हुनुपर्नेछ ।

यसरी मोटरसाइकल साटफेर गर्दा अतिरिक्त १० हजार बोनस प्राप्त गर्न सकिनेछ । कम्पनीले किस्तामा मोटरसाइकल लिनेहरूका लागि ७।९९ मै कर्जा उपलब्ध गराउनेछ । कम्पनीका अनुसार यामाहा ‘थ्रिल अफ थ्री’ योजनामा १ लाख रुपैयाँ नगद छुट पाइनेछ ।

बिज्ञापन

कार्यक्रममा महेश काफ्ले र अस्मिता अधिकारीले प्रस्तुती समेत दिनेछन् । यस्तै, थ्रिल अफ थ्री विज्ञापन फेसफुक ट्वीटरमा सेयर गर्दा १ हजार रुपैयाँ जित्न सकिनेछ । विज्ञापन सामाजिक सञ्जालमा सेयर गरेको स्क्रिनसट देखाई ५० हजारसम्म नगद छुट पाइनेछ । यसैगरी, यामाहा मोटरसाइकल खरिद गर्दा १ लाखसम्म नगद छुट पाइनेछ । कम्पनीले मोटरसाइकल बाहेक अन्य योजनाहरु पनि ल्याएको छ ।

मेलामा यामाहा मोटरसाइकलको टेष्ट ड्राइभ गरी स्मार्ट हेलमेटहरू जित्ने मौका पाइनेछ । मेलामा गेमिङ जोन, एक्शन प्याक फन, फेस पेन्टिंग र प्रतियोगिताहरू राखिएका छन् । प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन्, जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजर १२५ एफआई हाइब्रिड स्कुटर (RayZR 125FI Hybrid) हो । कम्पनीका अनुसार यो स्कुटरले ७१.३३ किलोमिटर माइलेज प्रदान गर्नेछ ।

जसलाई एआरआई (ARAI) ले प्रमाणित गरिसकेको छ । त्यससँगै युवाहरुमाँझ लोकप्रिय भैरहेको आर १५ फोरभी (R15 V4) , एमटी-१५ भी २  ( MT-15 V2) , एरोक्स १५५ (Aerox 155) , एफजेठ भी ३ (FZ V3 Series) , र डब्लुआर१५५ आर (WR155R) जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन् ।

जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैको आवश्यकता पुरा गर्छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते