होमपेज > विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

विदेशमा रहेका नेपालीलाई बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने

बिज्ञापन
बिज्ञापन

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले बुधवार एक परिपत्र जारी गर्दै यस्तो सहुलियतपूर्ण व्यवस्था ल्याएको हो । हालसम्म बैंक तथा वित्तीय संस्थाले ग्राहकको राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको आधारमा मात्रै खाता खोल्ने व्यवस्था गर्दै आएका थिए।

बिज्ञापन

नयाँ व्यवस्थाअनुसार विदेशमै रहेका नेपालीले अन्य आवश्यक प्रमाणहरू संलग्न गरी खाता खोल्न सक्नेछन्। तर, यस्ता खातावालाहरू नेपाल फर्किएको ३५ दिनभित्रमा सम्बन्धित वित्तीय संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।

त्यस्तै, नेपालमै रहेका अशक्त, असहाय तथा हेरचाह गर्न नसक्ने व्यक्तिका लागि पनि राष्ट्रिय परिचयपत्र वा सोको नम्बर नभए अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न सकिने व्यवस्था गरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते