होमपेज > शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न

शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न

बिज्ञापन
बिज्ञापन

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको सेमिनार भव्य रुपमा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीले बीमा दाबी प्रक्रियालाई सरल, छिटो छरितो वनाई दाबी फछ्र्यौट गर्न सर्भेयरको अहम भुमिकालाई स्वतन्त्र, निस्पक्ष तथा प्रभावकारी बनाउन सहजिकरण गर्ने उद्देश्यले आयोजित apacity Enhancement for Professional Excellence in Claim Management बिषयक चौथो सर्भेयर सेमिनार कार्यक्रम सम्पन्न भएको हो ।

बिज्ञापन

कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए जसमा कम्पनीका तर्फबाट शिखर इन्स्योरेन्सका महाप्रवन्धक उदित प्रसाद काफ्लले २०८१ मा आएको बाढी दाबीका सम्बन्धमा सर्भेयरका तर्फबाट नेपाल इन्स्योरेन्स सर्भेयरका महासचिव बिकास महर्जन, बिद्युतिय सवारी साधनको दाबी सम्बन्धमा सर्भेयर प्रेम लाल तामाङ, बातावरणीय जोखिमका सम्बन्धमा पुनर्बीमकका तर्फबाट हिमालयन रिइन्स्योरेन्सका तर्फबाट कार्यकारी निर्देशक सिसिर गैरे र नेपाल बीमा प्राधिकरणका तर्फबाट निर्देशक शाम्बराज लामिछानेले दाबी फछ्र्यौटमा सर्भेयरको भुमिका बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

बिज्ञापन

काठमाण्डौंको एक होटलमा गरिएको कार्यक्रममा ११० जना सर्भेयर, बिभिन्न बिषयका बिषय बिज्ञ तथा कम्पनीका कर्मचारी लगायत गरी १९० जनाको सहभागिता थियो । कार्यक्रम बिहान नौ बजे देखि बेलुका सम्म चलेको थियो । कार्यक्रमको समापन समारोहको सभापतित्व शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवाल गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथ्यता नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, बिशिष्ट अतिथि नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्रा।डा।फत्त बहादुर केसी, अतिथि नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदावार क्षेत्री रहेका थिए ।

समापन कार्यक्रममा इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०८०/०८१ मा परेका दाबीमा कम्पनीबाट सर्भेयर कार्यका लागि खटिई उत्कृष्ट सेवा प्रदान गर्ने शेर बहादुर बुडा, लोचन केन्द्र देवकोटा, रविन शर्मा र अमिर खनाल सहित चार जना सर्भेयरलाई सम्मान समेत गरेकोछ । कार्यक्रमको समापन समारोहमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्ता खातका कार्यक्रमले सर्भेयरको क्षमता अभिबृद्धि गर्ने हुनाले कार्यक्रमको आयोजना गरेकोमा प्रसंसा गर्देै सम्मानित हुने सर्भेयरलाई बधाई दिदै यस्ता सम्मानले समय सिमा भित्र कार्य सम्पन्न गर्न उत्प्रेरणा दिएको भन्दै बधाई दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते