होमपेज > बजेटमा अटो क्षेत्रलाई प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

बजेटमा अटो क्षेत्रलाई प्राथमिकतामा राख्न व्यवसायीको आग्रह

बिज्ञापन
बिज्ञापन

अटोमोबाइल व्यवसायीहरूले आउँदै गरेको बजेटमा सवारीसाधन क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको ‘नाडा अटो डायलग’ कार्यक्रममा उनीहरूले वर्तमान नीति तथा व्यवस्थाले व्यवसायमा चुनौती थपिएको भन्दै सुधारको माग गरे।

बिज्ञापन

नाडाका अध्यक्ष करण चौधरीले भने, ‘सवारीसाधन जनताको आवश्यकता हो। जबसम्म नागरिकको हिँडडुल (मोबिलिटी) सहज हुँदैन, देश समृद्धितर्फ जान सक्दैन,’ उनले मोबिलिटीले देशका हरेक क्षेत्रलाई जोड्ने भन्दै यसको महत्त्व बुझ्न आग्रह गरे। अटोमोबाइल क्षेत्र केबल गाडी किनबेच गर्ने व्यापार मात्रै होइन, यो क्षेत्र रोजगारी, राजस्व र उद्योग प्रवर्द्धनसँग पनि गहिरो रूपमा जोडिएको उनले बताए।

बिज्ञापन

‘हामी आफैंलाई अब केबल ट्रेडर नभई उद्योगीका रूपमा देख्न चाहन्छौं,’ उनले भने। अध्यक्ष चौधरीले विद्युतीय सवारी ९इभी० किन्न दिइने कर्जा सीमा घटाइएकोमा असन्तुष्टि व्यक्त गरे। नेपाल राष्ट्र बैंकले केही समयअघि विद्युतीय सवारीमा लोन दिने सीमा अर्थात् ‘लोन टु भ्यालु रेसियो’ ८० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा झारेको छ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट निर्माणका सवालमा सरकारका सुझाव संकलनको क्रममा रहेक‍ बताए। उनले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट आउने बताए। उनले अटोमोबाइल क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे। ‘अब यो क्षेत्र केबल आयातमै सीमित छैन, सवारी उत्पादनतर्फ पनि अघि बढिरहेको छ, जुन राम्रो संकेत हो,’ अर्थमन्त्री पौडेलले भने।

बिज्ञापन

ऋणको सिमाको सवालमा राष्ट्र बैंक एउटा स्वतन्त्र निकाय भएकोले दुई निकायबीच समन्वय आवश्यक रहेको बताए। सरकार निजी क्षेत्रको मनोबल बढाउने प्रयासमा लागेको र आवश्यक कानुनी र संरचनात्मक सुधार गर्दै जाने अर्थमन्त्रीको भनाइ थियो। ‘केही अध्यादेशहरू ल्याइसकेका छौं, ती कानुनमा परिणत भएका छन्। अब निजी क्षेत्र उत्साहका साथ काम गर्न सक्छ,’ उनले भने। अटोमोबाइल क्षेत्रले दिएको सुझावअनुसार सरकारले आगामी बजेटमा यसलाई प्राथमिकतामा राख्ने संकेत दिएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते