होमपेज > ५ वर्ष गभर्नर बनेका महाप्रसाद अधिकारीको सम्पत्ति साढे २३ लाख रुपैयाँले बढ्यो

५ वर्ष गभर्नर बनेका महाप्रसाद अधिकारीको सम्पत्ति साढे २३ लाख रुपैयाँले बढ्यो

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकका सेवानिवृत गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। २०७६ चैतमा राष्ट्र बैंकको गभर्नर नियुक्त भएका गभर्नर अधिकारी आफ्नो ५ वर्षको कार्यकाल पुरा गरेर गत साता मात्रै सेवानिवृत भएका हुन् ।

बिज्ञापन

सार्वजनिक सम्पत्ति विवरणअनुसार पछिल्लो ५ वर्षमा उनको कुल सम्पत्ति २३ लाख ४४ हजार ४१० रुपैयाँले बढेको छ । २०७६ चैतमा ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ बराबरको सम्पत्ति रहेकोमा २०८१ चैतसम्म आइपुग्दा ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ । यस्तै ०७६ चैतमा उनीसँग २ हजार ३०२ डलर रहेकोमा अहिले उनीसँग २८ हजार ६०८ डलर मौज्दात रहेको छ ।

बिज्ञापन

सार्वजनिक सम्पत्ति विवरणअनुसार ५ वर्षे कार्यकालमा उनले घरजग्गा थप जोडेका छैनन् । नगद, सुनचाँदी, म्युचुअल फण्ड लगायतको लगानी, बैंक मौज्दात तथा सञ्चयकोषको रकम बढोत्तरी भएको छ भने प्राप्त हनुपर्ने रकम भने घटेको छ ।

अधिकारीसँग झण्डै १० लाख बराबरको नगद सुन चाँदी रहेको छ । चैत २०८१ सम्म ९ लाख ८८ हजार बराबरको सुनचाँदी रहेको छ । २८ लाख ४४ हजार रुपैयाँ २१२ रुपैयाँ बैंक मौज्दात रहेको छ । उनले कुल १ करोड ८९ लाख रुपैयाँ विभिन्न कम्पनीका धितोपत्रमा लगानी गरेका छन्।

बिज्ञापन

हेर्नुस् सम्पत्ति विवरण- स्रोत राष्ट्र बैंक

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते