होमपेज > रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। रास्वपाले आजै दुइटा केन्द्रीय समिति बैठक राख्दैछ। केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।

बिज्ञापन

पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्कंदैछन्। गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा उनी पक्राउ परेका थिए। त्यसयता पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले सम्हाल्दै आएका थिए।

बिज्ञापन

सभापति लामिछाने जिम्मेवारीमा फर्कने भएपछि अर्यालले धन्यवाद दिने र बैठकको अध्यक्षता गराउने कार्यसूची छ। सभापति लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ। त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट र जनयात्रा कार्यक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

चौथो कार्यसूचीमा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहसबारे छलफल गर्ने कार्यसूची छ। पाँचौं एजेन्डामा अधिवेशनरमहाधिवेशन कार्यतालिकाबारे छलफल हुनेछ। रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने भनेर तयारी गरे पनि कार्यतालिकाअनुसार जिल्ला भेला, वडा र पालिका अधिवेशन हुन सकेको छैन। अहिलेसम्म ५ वटा पालिकाको अधिवेशन सकिएको छ। यस्तै विविध प्रस्तावमाथि विभिन्न विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते