होमपेज > राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर पक्राउ परेको सूचना पुग्यो संसद सचिवालयमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर पक्राउ परेको सूचना पुग्यो संसद सचिवालयमा

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ।

बिज्ञापन

राप्रपा महामन्त्री तथा नवराज सुवेदी नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ का आन्दोलन परिचालन समितिका प्रमुखसमेत रहेका राणा पक्राउको सूचना संसद सचिवालय पुगेको हो।

बिज्ञापन

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउको सूचना सचिवालयलाई प्राप्त भएको जानकारी दिए। सांसद पक्राउको सूचना आएपछि प्रतिनिधि सभा बैठकमा यसबारे सभामुखले जानकारी दिने प्रचलन छ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो। उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ। राप्रपाका नेता पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी लगायतले मिश्र र राणालाई शनिबार भेटेका थिए।

बिज्ञापन

दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार तीनकुनेमा प्रदर्शन भएको थियो। यो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ ले पनि समर्थन गरेको थियो। समितिको सदस्य सचिव मिश्र र आन्दोलन परिचालन समितिमा राणा पनि छन्।

मिश्र र राणाले प्रदर्शनकारीलाई भड्काउन भूमिका खेलेको आरोप छ। यस भूमिकालाई लिएर राप्रपाभित्र कतिपय नेताले आलोचना गरेका छन्। तीनकुनेमा शुक्रबार दुई जनाको मृत्यु भएको थियो। व्यक्तिगत घरहरूमा तोडफोड र आगजनी भएको थियो। सरकारी गाडी, जडिबुटी कम्पनी र पार्टी कार्यालयहरूमा आगजनी भएको थियो।

राप्रपाले शुक्रबारको घटनाबारे समीक्षा गरी धारणा बनाउन शनिबार अपराह्न ३ बजेका लागि कार्यसम्पादन समिति बैठक पनि बोलाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते