शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन्।
बिज्ञापन
चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो।
बिज्ञापन
गत माघ १ गते समितिले १५ दिनको समय दिएर दरखास्त आह्वान गर्दा ३१ जनाको आवेदन परेको थियो। संक्षिप्त सूचीमा परेका ११ जनामध्येबाट उच्चतम अंक प्राप्त गर्ने सुवेदी र सापकोटा नियुक्तिका लागि सिफारिस भएका थिए।
एक अध्यक्ष र दुई सदस्य (एक महिला) गरी तीन जनाको शिक्षक सेवा अयोग रहने व्यवस्था छ। उनीहरुको पदावधि पाँच वर्षको हुन्छ। हाल शिक्षक सेवा आयोगको अध्यक्ष मधुप्रसाद रेग्मी छन्।
बिज्ञापन








