नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तय भएको छ।
बिज्ञापन
पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले चैत १० गतेका लागि बैठक तय भएको जानकारी दिए। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ।
बिज्ञापन
बैठकमा राजावादीको गतिविधिसहित समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुनेछ।








