नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेको हो। बुधवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको छ। मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार ४५ रुपैयाँमा कायम भएको छ।








