होमपेज > लाभांश घोषणा गरेको ३ महिनापछि ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

लाभांश घोषणा गरेको ३ महिनापछि ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

बिज्ञापन
बिज्ञापन

लाभांश घोषणा गरेको ३ महिनापछि ग्रीन डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको चैत ५ गते बसेको बैठकले १२औं वार्षिक साधारण सभा चैत २७ गते होटल पिस प्यालेस हरिशंकर रोड बागलुङमा बिहान ११ बजे बोलाएको छ।

बिज्ञापन

बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ५३ करोड ८७ लाख २२ हजार रुपैयाँको ५.७५ प्रतिशतका दरले ३ करोड ९ लाख ७६ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशतका दरले १६ लाख ३० हजार रुपैयाँ नगद गरी कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ। उक्त लाभांश गत पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको हो। तर, लाभांश घोषणा गरेको ३ महिनापछि बैंकले साधारण सभा आह्वान गरेको हो।

बिज्ञापन

बैंकको सभाले बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्ता पुँजी ५६ करोड ९६ लाख ९८ हजार रुपैयाँको १ः१.१०७१ ले हुन आउने ६३ करोड ७ लाख १३ हजार रुपैयाँ हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ। कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनका लागि संस्थाको पहिचान गर्ने, सम्झौतापत्रमा हस्ताक्षर गरी अन्य आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

यस्तै बैंकको सभाले गत वर्षको सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जनाको निर्वाचन गर्ने र सञ्चालकहरुको मासिक पत्रपत्रिका तथा टेलिफोन सुविधा रकम वृद्धी गर्नेछ।

बिज्ञापन

लाभांश तथा सभा प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागी भएर लाभांश प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते