यो साता शेयर बजार २.९ प्रतिशत अर्थात् ८२ अंक घटेको छ। गत साता २८१८ अंकमा रहेको बजार यो साता २७३६ अंकमा झरेको हो।
बिज्ञापन
यो साता बजारमा जम्मा ४ दिन कारोबार भयो, जसमा तीन दिन बजार घट्यो भने अन्तिम एक दिन बढ्यो। पहिलो दिन आइतबार ४६.३३ अंक घटेको बजार सोमबार २०.६८ र मंगलबार ३२.२१ अंक घट्यो। साताका लागि अन्तिम कारोबार दिन बुधबार १७.२८ अंक बढ्यो। कारोबार रकम केही घटेको छ।
बिज्ञापन
आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ८ अर्ब २३ करोडको भयो। यो साता सबै सेक्टर घटेका छन्। चार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटेका छन्। फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटे। विकास बैंक सेक्टरको गिरावट दर सबैभन्दा न्यून छ। गत साता यही सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढेको थियो।
समग्रमा फागुन महिनाको कारोबार सकिएको छ। १ फागुनमा २६७८ अंकमा रहेको बजार अन्तिम दिनसम्म आउँदा २७३६ अंकमा छ। महिनाको बीचमा भने उतारचढाव ठूलै देखियो। १८ फागुनसम्म आउँदा २८९० अंकसम्म पुगेको थियो। जुन अंक ९ भदौ यताकै उच्च हो।








