होमपेज > जनकपुरधाममा टाटा मोटर्सको तीन नयाँ गाडीहरु सार्वजनिक

जनकपुरधाममा टाटा मोटर्सको तीन नयाँ गाडीहरु सार्वजनिक

बिज्ञापन
बिज्ञापन

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले जनकपुरधाममा तीन नयाँ गाडीहरु सार्वजनिक गरेको छ ।

बिज्ञापन

सोमबार जनकपुरधामस्थित गिरिजा अटोमोवाइलमा नेपालमा हालै लन्च भएको बहुप्रतीक्षित गाडीहरु कर्भ इभि, नेक्सन के ३ र टाटा सफारी लन्च गरिएको हो । लन्च कार्यक्रममा सिप्रदी ट्रेडिंगको प्यासेन्जर भेहिकलका विजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जनकपुरधाममा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए ।

बिज्ञापन

अब ग्राहकहरुले टाटाको इभिहरु २७ लाख देखि ५६ लाखसम्ममा रोज्न पाउनु हुने बताउँदै उनले इन्ट्री लेभल गाडी खोजिरहनु भएका ग्राहकले टियागो इभि रोज्न सक्ने धारणा राखेका थिए । अनुकुल बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च इभि रोज्न सक्ने तर अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के ३ इभि रोज्न सक्ने उनको भनाई थियो ।

प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुका लागि आज लन्च भएको कर्भ इभि टप भेरिएन्ट उपयूक्त हुने साथै भारतमा टाटा कम्पनिले राखेको चार्जिङ्ग सुविधाहरुको फाइदा उठाउन सक्ने उनले जानकारी गराए । कार्यक्रममा गिरिजा अटोमोवाइलसका संचालक गुड्डु जैनले जनकपुरमा टाटा इभिको बढी रेञ्ज भएको गाडीको अभाव देखिएको समयमा कर्भ इभि र नेक्सन के ३ इभिले त्यो आवश्यकता पूर्ती गरेको प्रतिक्रिया दिएका थिए ।

बिज्ञापन

कार्यक्रममा टाटा मोटर्सका लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान र मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । टाटाका नयाँ गाडीहरुको रिजनल लन्च अब वीरगंजमा हुन लागेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते