सिराहा भन्सार कार्यालयले १४४ वटा सवारी साधनको लिलाम बिक्री गर्ने भएको छ।
बिज्ञापन
भन्सार छली चोरी निकासीरपैठारी अभियोगमा कार्यालयमा दाखिला भएका सवारी साधनहरू बिक्री गर्नेगरी भन्सारले सूचना जारी गरेको हो। यसमध्ये ११८ वटा २६ वटा तीनपाङ्ग्रे तथा चारपाङग्रे सवारी साधन रहेका छन्।
बिज्ञापन
यसरी लिलाम बिक्री हुन लागेका मोटरसाइकलको न्यूनतम मूल्य ९ हजार ३३४ रुपैयाँदेखि ५ लाख ५ हजार २७३ रुपैयाँसम्म तोकिएका छन्। २०१८ मोडलको बजाज प्लाटिना १५९.७ सीसी मोटरसाइकलको मूल्य सबैभन्दा कम तोकिएको छ। त्यस्तै, २०१८ मोडेलको सुजुकी जीपको मूल्य सबैभन्दा धेरै निर्धारण गरिएको छ।
त्यसका अतिरिक्त ३३९ थान मोटरसाइकल तथा २६ थान कार यातायात व्यवस्था कार्यालयमा दर्ता नहुनेगरी कवाडीमा लिलाम गर्न लागिएको छ। मोटरसाइकलको १६ लाख ९५ हजार तथा गाडीको ८ लाख ८९ हजार ५२५ रुपैयाँ मूल्य तोकिएको छ।
बिज्ञापन
उक्त बोलपत्रमा सहभागी हुन २१ दिनको समय निर्धारण गरिएको छ। २२ औं दिन १२ बजे उक्त प्रस्ताव खोलिने जनाइएको छ। बोलपत्र प्रक्रियामा सहभागी हुन एक हजार रुपैयाँ बोलपत्र दस्तुरसहित आवेदन दिनुपर्ने जनाइएको छ।








