नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले टुरिष्ट गाइडदेखि बारटेन्डिङसम्म ३६० जनालाई तालिम दिने भएको छ।
बिज्ञापन
बुधबार गोरखापत्रमा सूचना जारी गरेर नाथमले टुरिस्ट गाइडमा २०० जना, कुकमा ४० जना, बेकरीमा ४० जना, बारिस्टामा ४० जना र बारटेन्डिङमा ४० जनालाई तालिमका लागि दरखास्त आह्वान गरेको हो। तालिम अवधी टुरिस्ट गाइडमा दस हप्ता, कुकमा तीन मिहना तथा बेकरी, बारिस्टा र बारटेन्डिङका लागि एक-एक महिनाको रहने नाथमले जनाएको छ।
बिज्ञापन
तालिम शुल्क टुरिस्ट गाइड र कुकका लागि २५र२५ हजार तथा बेकरी, बारिस्टा र बारटेन्डिङका लागि २०र२० हजार तोकिएको छ। टुरिस्ट गाइडका लागि न्यूनतम योग्यता स्नातक वा सो सरह तोकिएको छ भने बाँकी चार विधाका लागि एसइई वा सोसरह तोकिएको छ।
तालिमका लागि दरखास्त दस्तुर ५०० रूपैयाँ तोकिएको छ। इच्छुक र योग्यता पुगेकाहरूले अनलाइनमार्फत फाराम भर्न सक्नेछन्।








