नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला दुई हजार ३ सय रूपैयाँ घटेको छ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर एक लाख ७० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार आउँदा सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार ३ सय रूपैयाँ पुग्यो।
बिज्ञापन
निरन्तर उकालो लागेको सुनको मूल्य बुधबार मंगलबारको तुलनामा प्रतितोला ८०० सय सय रुपैयाँले घटेर १ लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भयो। बिहीबार २ सय रुपैयाँले घटेर एक लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भयो। साताको अन्तिम दिन शुक्रबार प्रतितोला २ हजार २ सय रुपैयाँ घटेर १ लाख ६८ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला ३५ रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।








