काठमाडैं महानगरपालिकाका मेयर बालेन शाहले सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन्।
बिज्ञापन
महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको सन्दर्भमा बालेनले शुक्रबार फेसबुकमा लेख्दै यस्तो बताएका हुन्। ‘हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे,’ उनले लेखेका छन्, ‘मलाई हराउने ताकमा, देशलाई चाहिँ नडुबाउनु होला।’
बिज्ञापन

केही महिनायता काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिना चलिरहेको छ। काठमाडौं भ्यू-टावरको नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं मुछिएपछि उनी छुट्टीमा छन्।
बिज्ञापन








