विराट कोहली एकदिवसीय (वानडे) अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो १४ हजार रन बनाउने ब्याटर बन्दै भारतकै महान क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान तोडे ।
बिज्ञापन
पाकिस्तानमा जारी च्याम्पियन्स ट्रफीअन्तर्गत पाकिस्तानविरुद्धकै खेलमा १५ रन बनाएपछि विराटले सचिनको कीर्तिमान ओझेलमा पारेका हुन् ।
बिज्ञापन
सचिनले ३ सय ५० खेलमा १४ हजार रन बनाएको कीर्तिमान बनाएको थियो । तर, विराटले २ सय ८७ खेलमै १४ हजार रन पुरा गरे । विराटले १४ हजार रनमा पुग्न सचिनले भन्दा ६३ खेल कम खेलेका छन् ।








