साउदी अरबको दम्माममा प्रविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भएको नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ जहाज भएको छ ।
बिज्ञापन
युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०–२००’ सिरिजको ‘९एन–एकेएक्स’ दर्ता नम्बरको निगमको उक्त जहाज आज मंगलबार बिहान १०ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
बिज्ञापन
‘मर्मतपछि एकेएक्स जहाजले ८७ यात्रु लिएर काठमाडौं आएको छ,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘यो जहाजको बेलुका मलेसियाको क्वालालम्पुर जाने तालिका छ ।’
पौडेलका अनुसार यो जहाज गत शनिबार साउदीको दम्माम गएको थियो । भोलिपल्ट आइतबार काठमाडौं फर्कनुअघि प्राविधि जाँच हुँदा ‘नोज ल्यान्डिङ गियर’ मा समस्या देखिएपछि ग्राउन्डेड गरिएको थियो । आवश्यक मर्मतपछि जहाज आज काठमाडौं फर्किएको हो ।
बिज्ञापन








